दर्शकले रुचाउलान त पुष्प र सहाराको क्यामेष्ट्रि

...

मंसिर, काठमाडौं । केहि बर्ष अघिको ब्लक बोष्टर सिनेमा दर्पण छायांको सिक्वेन्स दर्पण छायां २ रिलिजको तयारिमा बसेको छ । केहि दिन अघि मात्र सार्बजनिक गरिएको सिनेमाको टिजरलाई छोटो समयमा दर्शकले रुचाएका छन् । तर पहिलोपटक सिनेमाको पर्दामा देखिन लागेकि नायिका सहारा कार्की र पुष्प खड्काको क्यामेष्ट्रिको चर्चा अहिले बाहिर आएको छ ।
pushpa-and-sahara-nepali-movie-darpan-chhaya-2सिनेमाका लागी पुष्प र साहारा दुबै नया कलाकार हुन् । पुष्पको मुख्य भुमिका रहेको यो पहिलो सिनेमा हो भने सहाराको डेब्यु सिनेमा । पुष्पले यसअघि धेरै म्युजिक भिडियोबाट दर्शकको मन जितेका छन् । यसअघिको उनको सिनेमा अझै पनि बाट उनले राम्रो प्रतिकृया पाएका थिए । यघपि सिनेमा भने ब्यबसायिक रुपमा सफल भएन् । तर अहिले दर्पण छांया २ पुष्पका लागी चुनौति बनेको छ । कि यसै सिनेमाले आफ्नो करिअर निर्धारण गर्ने समेत पुष्पले बताएका छन् । सिनेमा पुष्पका लागी च्यालेन्ज पनि बन्नेछ ।


त्यसोत नायिका सहाराको पहिलो सिनेमा सफल हुनै पर्ने अर्को चुनौति छ । सहाराले यस सिनेमाको छांयाकनमा भएको रमाईलो, मिहिनत र परिश्रम सम्झिदै सिनेमा सफल हुनेमा आफु ढुक्क भएको बताएकि छिन् । उनले बर्षमा एउटा सिनेमा जरुर खेल्ने समेत बताएकि छिन् । तर सहाराले अरु सिनेमा पाउने वा नपाउने भन्ने कुरा भने यसै सिनेमाले निर्धारण गर्नेछ । यसअघिको ब्लक बोष्टर भनिएको सिनेमाको सिक्वेललाई लिएर आफुहरु खुबै उत्साहित भएको र डर पनि लागेको दुबैको भनाई छ ।

छोटै समयमा नजिक भएका यो जोडि बाहिर पनि उत्तिकै मिल्छन् । अर्थात एकले अर्काको केयर देखि हरेक कुरामा साथ सम्म । अहिले यि जोडिका संगै आएका अन्र्तवार्ताले उनिहरुबिचको क्यामेष्ट्रि जम्ने आशा त गर्न सकिन्छ । तर दर्शकले के गर्लात उनिहरुको यो क्यामेष्ट्रि रु त्यो त सिनेमा रिलिज भएपछि नै थाहा होला । यघपि उनिहरुको रिल जोडि सिनेमा रिलिज भएपछि थाहा हुनेछ भने रियल जोडि भने उत्कृष्ट देखिन्छ ।

पुष्पबाट सिनेमाको छांयाकनमा आफुलाई सहज महशुस गरेकि सहारा पुष्पलाई हजुरबुवा भनेर बोलाउछिन् । एक अन्र्तवार्ताका क्रममा पुष्पले सहाराले आफ भन्दा सिनीअर र आफुलाई सानो भनेरआफुलाई हजुरवुवा भन्ने गरेको बताएका छन् । रियल जोडि जस्तै रिल जोडिमा पनि उनिहरुको यो क्यामेष्ट्रि सबै दर्शकले मन पराउन हाम्रो शुभकामना । सिनेमा आउदो फागुन २७ बाट रिलिज हुनेछ ।