सुशिलको ‘आउटल को प्रदर्शन मिति सर्यो

...

काठमाडौँ । चलचित्र ‘आउटलः दफा २१९’को प्रदर्शन मिति सरेको छ । असोजको ३ गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रको छायांकन र प्राविधिक काम नसकिएकाले तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी दिइएको छ । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ प्रदर्शन मिति तय गर्ने बताएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रमा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।