बेलायती अभिनेता जेमी नेपाली फिल्म ‘एक्लो’ खेल्न काठमाडौं आइपुगे

...

काठमाडौं । बेलायती अभिनेता जेमी बेकन काठमाडौं आइपुगेका छन् । उनी नेपाली चलचित्र ‘एक्लो’मा अभिनय गर्न मंगलबार काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्रको टिम स्वागत गर्न पुगेको थियो । निर्देशक प्रदीप शाही, अभिनेत्री दीया पुन, कविता नेपाली लगायतको टिमले उनलाई ढाकाटोपी र फूलमालामा लगाइदिएर स्वागत गरे ।

विमानस्थलमा बोल्दै जेमीले नेपाल आउन पाउँदा खुसी लागेको बताए । उनले भनेका छन्, ‘म पहिल्यैदेखि नेपाल आउन पनि उत्साही थिएँ ‘नेपाल र बेलायतबीचको यो को-प्रोडक्सन फिल्ममा काम गर्न लाग्दा खुसी छु ।’

british movie actor jemy becan

बेकन यो फिल्मको लागि बेलायती निर्माण साझेदारको रुपमा समेत छन् । यो फिल्मले नेपाल र बेलायतबीच बलियो सम्बन्ध तुल्याउने र नेपाललाई एसियामा आकर्षक छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने आशा बेकनले व्यक्त गरे ।

चलचित्रका निर्देशक शाहीले नेपाली चलचित्रमा बेलायतका अभिनेतालाई खेलाउन पाउँदा खुसी लागेको बताए । उनले भनेका छन्, ‘यो सायद नेपाली फिल्मका लागी पहिलोपटक हुनसक्छ । बेलायतको अभिनेता आएर नेपाली चलचित्रमा अभिनय गरेको ।’ यो चलचित्रमा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् ।

eklo movie team

यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास ल्यान्डिङ गर्छन् ।

अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् । ४५ दिनको छायांकन तालिका बिहीबारदेखी सुरु हुनेछ । काठमाडौं र उपल्लो मुस्ताङमा हुने छायांकनमा उनी सहभागि हुनेछन् ।  बुधबार बिहान भद्रकालीमा हुने शुभसाइत पूजामा अभिनेता बेकन पनि सहभागि हुनेछन् ।

तस्बिर/भिडिओ, बिक्रम कार्की/ आर्टिष्ट खबर