‘ज्वाइँ साब’को टिजर सार्वजनिक

...

काठमाडौँ । नयाँ चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार जितु नेपाल र नीति शाहको मुख्य स्थान दिइएको छ । नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।

मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रका निर्देशक बसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

चलचित्रमा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको चलचित्रले दशैंमा दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दाबी निर्देशक निरौलाको छ ।