चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

...

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । आजको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । चलचित्र निर्देशक समेत पूर्वध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।