तिर्सनाले भारतमा गएर यस्तो म्युजीक भिडियो बनाइन् (भिडियो)

...

मंसिर, काठमाडौं । हट मोडल भनेर चिनिएकी तिर्सना बुढाथोकीको नयाँ म्युजीक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको ‘अंग अंगमा’ बोलको गीतको म्युजीक भिडियो सार्वजनिक गरीएको हो ।
tirsana-budhathoki-new-song

सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरीएको तिर्सनाले आर्टिस्ट खबरलाई बताएकी छिन् । गीतमा शब्द असिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् ।

मोडल तिर्सनाले यो भन्दा अघि पनि केहि गीतहरु गाईसकेकी छिन् । तिज गीत तथा बिभिन्न लोक तथा पप् गीतहरु पनि गाईसकेकी छिन् । पछिल्लो समय उनले आफुलाई मोडल सँगै गायिकाको रुपमा पनि स्थापित गराउदै लगेकी छिन् ।