‘कमेडी दरबार’को प्रसारण सुरु, पहिलो एपिसोडमा दयाहाङ र रेखा

...

काठमाडौँ । हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को प्रसारण सुरु भएको छ । भदौ १४ गते शुक्रबार पहिलो एपिसोड प्रसारण भएसँगै ‘कमेडी दरबार’को प्रसारण सुरु भएको हो । शो प्राइम टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

पहिलो एपिसोडमा नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टार दयाहाङ राई र रेखा थापालाई गेष्टको रुपमा राखिएको छ । शुक्रबार १० बजे युट्युवमा अपलोड भएको थियो भने शनिबार साँझ सम्म झण्डै ३ लाख पटक हेरिएको छ । शोलाई कमेडियन बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरेका छन् ।

पहिलो एपिसोडमा आएका प्रतिक्रिया निकै उत्साहित देखिन्छन् । दर्शकले धेरैपछि राम्रोसँग हास्न पाइयो भन्दै लेखेको देखिन्छ । साथै प्रोमो सार्वजनिक भएसँगै धेरै समयको पर्खाइमा हेर्नपाइयो भन्ने लेखेको देखिन्छ ।