कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा सहभागी हुँदै नर्स अनिसा

...

काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् ।

प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणको तयारीमा छिन् । प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बि धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।

नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् । ‘मिस प्लानेट’को यो बर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । प्रतियोगीतामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा माष्टर अध्यायनरत अनिसा पेशाले मनोचिकित्सा नर्स भएकोले पनि उनले राम्रो उपलब्धि हासिल गर्न सक्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

अनिसा केही अगाडि काठमाडौंँमा सम्पन्न नर्सहरु सहभागी सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।