चलचित्र ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक

...

काठमाडौँ । गएको शुक्रबारदेखी प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतका कलाकारहरुको अभिनय छ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको छायांकन छ ।