अटोमोटिभ ब्यवसायीले गरे तीज बिशेष शुभकामना आदानप्रदान

...

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । ब्यावसायीहरुले महिला दिदीबहिनीहरुको महान पर्वमा संस्कृति, परम्परा जोगाउने उद्देश्यले संस्थामा रहेका नारीहरुलाई दर खुवाउने सँगै शुभकामना आदान प्रदान गरेको हो ।

kumar chimoriya

संस्थाका अध्यक्ष खगेन्द्र बहादुर बमले तीजको अवसरमा बिशेष गरी महिला दिदीबहिनीहरुका लागी भन्दै शुभकामना आदान प्रदान कार्यक्रम राखेको बताए । उनले यस्ता किसिमका कार्यक्रमले तीजको रितिरिवाजलाई जोगाइराख्नेमा विश्वास राखे । यस्तै सस्थाका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले सम्पुर्ण महिना दिदीबहिनिहरुलाई तीजको शुभकामना दिए । साथै चिमोरियाले तीजको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रमले तीजको महत्व थप बढेर जाने बताए । उनले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आयोजना गर्ने बताए ।

kumar chimoriya

कार्यक्रमका प्रमुख अतिथि पुर्व डिआईजी अशोक सिंहले नेपाल अटोमोटिभ ब्यवसायीमा आवद्ध महिलाहरुलाई तिजको शुभकामना दिए । साथै उनले तीजलाई सम्पुर्णले सम्य र भब्य तरिकाले मनाउनुपर्ने बताए । यस्तै कलाकार तथा ब्यवसायी शेर बहादुर केसी, प्रकाश बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए । तिजको शुभकामना आदानप्रदान कार्यक्रम गोदावरीस्थित गोदावरी रिसोर्टमा राखिएको थियो ।