भुवनले पाए तीजको गीतबाट बेस्ट मोडलको अवार्ड

...

काठमाडौं । कलाकार भुवन के पोखरेलले तीजको म्युजिक भिडिओबाट अर्वाड हात पारेका छन् । गएको मंगलबार चलचित्र बिकाश बोर्डको हलमा आयोजीत दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ मा भुवनलाई नक्कली साइली गीतबाट पुरुष तर्फको बेष्ट मोडल तीज म्युजिक भिडिओ शिर्षकमा अवार्ड प्रदान गरियो । भुवनले अहिलेसम्म ३ दर्जन बढी म्युजिक भिडिओमा अभिनय गरिसकेको दाबी गर्छन् । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका छन् ।

प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल, बरिष्ठ लोक गायक दुर्गा रायमाझी, ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की, राष्ट्रिय नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको उपस्थिती थियो । अवार्ड समारोहमा २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यो समाचार अंग्रेजीमा पढ्नुहोस्