‘सारेगमप लिटिल च्याम्पस सिजन २’मा दिप, स्वप्न र सुवानी निर्णायक

...

काठमाडौँ । ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ रियालिटी शोको घोषणा गरिएको छ । आयोजक नोबडी प्रोडक्सनले एक महिना अगाडिदेखी डिजिटल अडिसन लिन सुरु गरिएको यस रियालिटी शोका लागि अहिलेसम्म १२ हजार जनाले अडिसन भिडिओ पठाइसकेको जनाएको छ ।

आज एक कार्यक्रमको आयोजना गर्दै शोको निर्णायकहरु चिनाइयो । स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ को निर्णायकहरुमा गायक दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहने जानकारी दिइयो ।

Saregamapa little champs season 2

नोबडी प्रोडक्सनले एकैसाथ सारेगमप लिटिल च्याम्पस सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्सलगायत तीनवटा रियालिटी शोको घोषणा गरेको छ । ब्रिलियन्ट ब्रेन्सलाई विपिन कुमार आचार्यले होस्ट गर्ने छन् । नोबडी प्रोडक्सनले नेपाली दर्शकलाई रियालिटी शो, नन् फिक्सन सिरिज लगायत विविध क्षेत्रमा उच्चतम कन्टेन्ट दिँदै आएको दाबी गरेको छ ।