जापानको टोकियोमा गरिमा फिल्म म्युजिक अवार्ड हुने

...

काठमाडौँ । जापानको टोकियो शहरमा गरिमा फिल्म म्युजिक अवार्ड हुने भएको छ । आयोजक गरिमा फिल्मस्ले एक बिज्ञप्ती जारी गर्दै अवार्ड २०२५ जनवरी १२ देखि १७सम्म आयोजना हुने जानकारी दिएको हो ।
नेपाली गीतसंगीको विकास, विस्तार र प्रवद्र्धनका लागि आयोजना हुने लागेको अवार्ड एकभव्य समारोहका बिच आयोजना हुनेछ । अवार्डका लागि नेपालबाट २ दर्जन कलाकार्मी जापान जानेछन् । त्यही रहेका नेपाली कलाकार र अन्य देशबाट पनि सहभागी हुनेछन् ।

अवार्डमा सन् २०२४ भित्र बजारमा आएको लोक, आधुनिक, पप, राष्ट्रियलगायतका गीतसंगीत सहभागी हुनसक्नेछन् । अवार्डको जुरी केही समयपछि सार्वजनिक गरिने आयोजक गरिमा फिल्मस् प्राली प्रमुख तथा गीतकार गोविन्द भट्टले जानकारी दिए । भट्टका अनुसार अवार्डमा गायक, गायिका, गीतकार, संगीतकार, मोडल लगायतका दर्जन बिधामा कलाकारलाई अवार्ड प्रदान गरिनेछ ।