रावायणको रि सेन्सरः १६ बर्ष मुनिकाले पनि हेर्न मिल्ने

...

काठमाडौँ । अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र रावायणको रि सेन्सर गरिएको छ । यो सँगै अब १६ बर्ष मुनिका दर्शकले पनि चलचित्र हेर्न पाउने भएका छन् । केहि संवादमा बिप र केहि सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित चलचित्र ‘रावायण’लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन ।

यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।
चलचित्रको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको चलचित्रले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।

सुदर्शन थापा निर्देशित यस चलत्रिचमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। चलचित्रमा पूजा र पलसहित प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।