दीपक बराईलीको ‘च्वाप्प मोई खाउँला’ गीत सार्वजनिक

...

काठमाडौँ । गायक दीपक बराईलीको नयाँ गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । गीतमा फराज अर्पणको शब्द, संगीत तथा संगीत संयोजन छ । सोमवार ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडिओलाई अहिलेसम्म ८ हजार २०० पटक हेरिएको छ ।

गीतको म्युजिक भिडियोमा विकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ । विभोर पोखरेलको निर्देशन तथा सम्पादनमा बनेको यो भिडिओमा नहकुल खड्काको कलर ग्रेडिङ र विशाल थापाको सिनमाटोग्राफी छ । गायक बराईलीले आफ्नो गायकीमा म बाट, शराबको सारै राम्रो, सुख दुःख, इशारा देऊ, तिम्रो लागि, आँश दिने आदि गीतहरु सार्वजनिक गरिसकेका छन् ।

दीपक बराईलीका प्रायः गीतको भिडिओ पनि सार्वजनिक भइसकेका छन् । आफ्ना अधिकांश गीतका म्युजिक भिडियोमा उनी आफैँ मोडलको रुपमा देखिने गरेका छन् ।