सम्पदा घिमिरेले जितिन् ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि

...

गोपिकृष्ण चापागाईं/ काठमाडौँ । यसबर्षको ‘मिस युनिभर्स नेपाल‘को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधबार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको ‘मिस युनिभर्स नेपाल २०२४’ मा सम्पदाले टाइटल जितेसँगै अन्य चारजना उप बिजेता बने ।

बिजेता सम्पदालाई आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज लगाइदिएकी थिइन् । योसँगै विजेता सम्पदाले मेक्सिकोमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यस वर्षको मिस युनिभर्स नेपालमा स्मृति सिंह फर्स्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप, क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप भएकी छन् । फिनालेमा उपाधिका लागि उत्कृष्ट २२ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो ।

sampada ghimire, winner of miss universe nepal 2024

दुईबर्षदेखीको मिहिनतको फल पाएँः बिजेता सम्पदा घिमिरे
बिजेता सम्पदा घिमिरेले टाइटल जितेसँगै आर्टिष्ट खबरसँग संक्षिप्त कुरा गर्दै दुईबर्षदेखीको मिहिनतको फल पाएको भन्दै खुसी ब्यक्त गरिन् । उनले आफू १७ बर्ष हुँदा देखी नै बिभिन्न क्षेत्रबाट समाजसेवा गर्दै आएको र आगामी दिनमा पनि समाजसेवामै लाग्ने बताइन् । उनले भनेकी छिन्, ‘मेरो बोलीले समाजमा केहि न केहि सकारात्मक प्रभाव पारोस्, युवाहरुले केहि न केहि सिकुन् भन्ने चाहान्छु । साथै मेक्सिकोमा हुने मिस युनिभर्समार्फत नेपाललाई चिनाउन चाहान्छु ।’ साथै फिल्म वा म्युजिक भिडिओको मोडलिङमा कत्तिको रुचि छ भन्ने प्रश्नमा अघि भन्छिन्, ‘मैले अहिलेपनि केहि मोडलिङ त गर्दै आएकी छु तर त्यस्तो मोडलिङमै लागिरहने वा फिल्मको अभिनयमा लाग्ने भन्ने रुचि छैन । मलाई फेशन, रन वेमै रुचि छ ।’

Video: Click Here

sampada ghimire, winner of miss universe nepal 2024 winner of miss universe nepal 2024 winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024 miss universe nepal 2024 sampada ghimire, winner of miss universe nepal 2024