‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

...

काठमाडौँ । नयाँ चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक सिनेमाको गीतमा चलचित्रका मुख्य अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । यो चलचित्रआगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा छ ।

चलचित्रको यो गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ ।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।