राजेश हमाल र करुणा राइ अभिनित ‘भाग्यमानी’ गीत सार्वजनिक

...

काठमाडौँ । अभिनेता राजेश हमाल र अभिनेत्री तथा गायिका करुणा राई अभिनित नयाँ गीत ‘भाग्मानी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडिओ प्रिमियर गरि सार्वजनिक गरिएको हो । गीतमा करुणासँगै सिडी बिजय अधिकारीको स्वर छ भने शब्द तथा संगीत राज कुमार बगरको रहेको छ । गीतको भिडिओलाई देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । रामकृष्ण चौलागाईंको सिनेमाटोग्राफी रहेको भिडिओ बिकाश दाहालले सम्पादन गरेका हुन् ।

Gopi Krishna Chapagain with Rajesh Hamal

भिडिओ सार्वजनिक कार्यक्रममा अभिनेता हमालले प्रेमभावले भरिएको म्युजिक भिडिओ आएको भन्दै सबैलाई हेरिदिन आग्रह गरे । उनी यसअघिका भिडिओहरु जस्तै यस ‘भाग्यमानी’ गीतबाट पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी देखिए ।

गायिका तथा मोडल राईले अभिनेता हमालसँग अहिलेसम्म चारवटा म्युजिक भिडिओमा अभिनय गर्ने मौका पाएको बताइन् । यस्तै भिडिओका निर्देशक देवेन्द्र पाण्डेयले पनि भिडिओ उत्कृष्ट बनेको र अभिनेता हमाललाई अभिनयका लागी समय दिएकोमा धन्यवाद दिए । कार्यक्रम पत्रकार गोपिकृष्ण चापागाईंले सन्चालन गरेका थिए ।