अन्जु श्रेष्ठको ‘तिमीसंगै’ बोलको गीत सार्वजनिक

...

काठमाडौँ । गायिका अन्जु श्रेष्ठ र पदम लुहारको स्वरमा नयाँ गीत ‘तिमीसँगै’ सार्वजनिक गरिएको छ । गीतमा मिन गुरुङको शब्द तथा संगीत रहेको छ । भिडिओमा कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको छ । भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।