राजेश हमालको ‘नरसिंहा’ लुक्स, सेतो दाह्रीमा देखिन थाले

...

काठमाडौँ । अभिनेता राजेश हमालले आफ्नो नयाँ चलचित्र ‘नरसिंहा अवतार’का लागी नयाँ लुक्स बनाइरहेका छन् । सात वर्षपछि चलचित्रमा कमब्याक गर्न लागेका हमालले चलचित्रको लुक्सका लागी काम गरिरहेको बताएका छन् । उनी बिहीबार एक गीत रिलिज कार्यक्रममा सेतो दाह्रीको लुक्समा उपस्थित भएका थिए ।

यो लुक्स चलचित्रकै लागी हो भन्ने आर्टिष्ट खबरको प्रश्नमा हमाल भन्छन्, ‘हो फिल्मकै लागी यो लुक्स बनाएको हुँ । सम्पूर्ण गेटअप त तयार गर्नै बाँकी छ। तर यो अलिअलि दाह्री पालेको नरसिंहा फिल्मकै लागि हो । सो फिल्मको केही हिस्साको लागि हो ।’

 

rajesh hamal hd photo

अभिनेता हमालले यसै साता चलचित्रको छायांकनमा निस्किने बताएका छन् । उनले आफू लामो समयपछि चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । साथै उनले आफू नयाँ कलाकार जस्तो लागेको बताएका छन् । उनले भनेका छन्, ‘मैले तिसौं बर्ष चलचित्रमा काम गरेपनि अहिले मलाई त्यो अनुभव भन्दा पनि नव कलाकार हुँ जस्तो लागेको छ ।’

नरसिंहा अवतार’ दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रमा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।