चलचित्र रंगीको ‘छ नि माया’ गीतमा दुर्गेश थापाको संगीत

...

काठमाडौँ । निर्माणको तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘रंगी’का लागी नयाँ गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र उक्त गीत काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको हो । गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ ।

गीतमा दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भइसकेकी छन् । सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।

यसअघि निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेको छ । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् ।