चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर असोज १७ गते (घटस्थापना)देखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर ३ मिनेट लम्बईको छ । ट्रेलरमा ३० वर्ष नकट्दै छोरीको विवाह गराउनुपर्ने दबाबमा रहेको एक परिवारको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा कलाकार निश्चल बस्नेतस्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको चलचचित्रको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।