‘कल्ली’मा अर्पण, कमलमणी र बुद्धि अनुबन्धित

...

काठमाडौं । निर्माण हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘कल्ली’मा तीन कलाकार अनुबन्धित भएका छन् । कलाकार अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई निर्माण टिमले अनुबन्ध गरेको हो । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा किरण नेपालीले लगानी गर्दैछन् । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । चलचित्र महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् । चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।