करण राईको ‘काँडा भएनि’ गीत सार्वजनिक

...

काठमडौँ । द भ्वाइस अफ नेपाल सिजन ४ का बिजेता करण राईको नयाँ गीत ‘काँडा भएनि’ सार्वजनिक गरिएको छ । गीतमा करणको साथमा नितु पुनको स्वर छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

गीतको भिडिओमा गायक राई स्वयमको साथमा अभिनेत्री मलिका महतको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन रहेको भिडिओमा प्रेमि–प्रेमीकाको एक मिलनको सम्योग देखाइएको छ ।

Karan Rai and malika Mahat अभिनेत्री महतले गीत सबैको मिहिनतका कारण निकै राम्रो बनेको बताएकी छिन् । यस्तै गायक करणले गायन सँगै भिडिओका लागी आफूले केहिदिन अगाडी देखी नृत्य सिकेर छायांकनमा गएको स्मरण गरे ।
बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडिओलाई प्रकाश खड्का एण्ड टिमले खिचेको हो । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडिओमा सरिता मगरको मेकअप रहेको छ ।