‘तरकारीवाली’को बारेमा शान्तिश्री र बिनोदले गाए यस्तो गीत (भिडियो)

...

मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरीदिएपछि त्यस तस्बिर निकै भाइरल बन्यो ।
binod-and-shanti-shreeयसैबिषयको बारेमा यतिखेर देश देखी बिदेशसम्म चर्चा भइरहेको छ । तरकारीवाली भनेर चिनिएकी कुसुम श्रेष्ठको चर्चा पनि निकै उचाईमा पुगिसकेको छ । यसैबिच बजारमा तरकारीवालीको बारेमा बिभिन्न गीतहरु बजारमा आइरहेका छन् ।

भर्खरैमात्र परेली फिल्मस् बाट तरकारीवालीको बिषयलाई समातेर एक गीत सार्वजनिक भएको छ । गायक बिनोद ढकाल र गायिका शान्तिश्री परियारको स्वरमा म त तरकारीवाली बोलको लोक तथा दोहोरी गीत बजारमा आएको हो ।

बिनोद ढकालले लेखेको शब्दमा तरकारीवाली र मिडियावालाको कुरा समेटिएको छ । यस गीतको भिडियो केहि समयमै बजारमा आउने परेली फिल्मस्का सञ्चालक मिलन कार्कीले आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । अहिले रेकर्डिंग रिपोर्टमात्र युट्युवमा राखिएको छ ।

गीत सुन्नुहोस् ।