निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

...

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा. रुपक घिमिरेले निखिलको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरुको निगरानीमा निखिलले कपाल रोपेका हुन् ।

nikhil upreti hari transplant

फिल्मको छायाँकनमा जादाँ लाईट, क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए । डा. घिमिरेसंग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डाक्टरहरु संगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफु हेयर ट्रान्सप्लान्ट गर्न तयार भए ।

हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिना पछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । आवारण बजारमा रहेका अन्य हेयर ट्रान्सप्लान्ट क्लिनिकहरु भन्दा सर्भसुलभ समेत रहेको बताएका छन् ।