जब जितु नेपाल एअरपोर्टमा बच्चा काँखमा राखेर रुँदै हिडे (रिपोर्ट)

...

काठमाडौँ । कलाकार जितु नेपाल आफ्नो बच्चा बोकेर एअरपोर्टमा हिडिरहेको दृश्य अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । उनले बरखी बारेको सेतो पहिरन लगाएका छन् । हातमा बच्चा बोकेर हिडिरहेका छन् । हातमा निलो ब्याग र पासपोर्ट पनि छ । यो दृश्य एक कलाकारको भएपनि धेरै नेपालीले आफूसँग रिलेट गरेका छन् । जितु नेपालले यो दृश्य एक चलचित्रका लागी दिएका हुन् । उनले यहि दशैं अर्थात असोज २४ गते फूलपातीबाट रिलिजमा आउने तयारीमा रहेको ज्वाई साबको सुटिंगको दृश्य हो ।

चलचित्रको रिलि मिति नजिकिदै गर्दा चलचित्रको पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा राम्रै छ । यत्तिकैमा चलचित्रको मनछुने दृश्य बाहिरिएको हो । सार्वजनिक दृश्य त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको हो । जितुसँगै चलचित्रकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ । भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् ।

दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के कारणले नेपाल छोडे भन्ने प्रष्ट खुलिसकेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ । धेरैले यो दृश्य देखेपछि चलचित्रले धेरैले रुवाउने भयो भन्दै प्रतिक्रिया दिएका छन् । जितु नेपाल अर्थात मुन्द्रेलाई हास्य कलाकार भनेर चिनेको तर मुन्द्रेले हलमा रुवाउने भए भन्दै प्रतिक्रिया आइरहेका छन् । धेरैले यो चलचित्र हेर्न प्रतिक्षा गरिरहेको पनि लेखेका छन् ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु र नितिको साथमा, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, हिमेश पन्त, शिबु पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।