राजेश हमालले गरे ‘डिएनए’ ब्राण्डको न्युरोड शोरुमको उद्घाटन

...

काठमाडौँ । कपडाको नेपाली ब्राण्ड ‘डिएनए’को न्युरोड शोरुम उद्घाटनमा अभिनेता राजेश हमाल पुगेका छन् । काठमाडौंको न्युरोडस्थित रन्जना कम्प्लेक्सको चौथो तल्लामा सुरुवातमा आएको ‘डिएनए’ अर्थात डेनीम न्यु एज ब्राण्डको शोरुमको रिबन काटेर औपचारिक उद्घाटन गर्दै हमालले नेपाली ब्राण्डलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘नेपाली उत्पादनलाई हामीले प्रोत्साहन गर्नुपर्छ । यो पनि नेपाली उत्पादन भएकाले म यहाँ उपस्थित भएको हुँ ।’ हमालले आर्टिष्ट खबरसँग कुरागर्दै भने । ‘म अहिलेसम्म धेरै ब्राण्डसँग जोडिएको छु । त्यसमा अधिकांश नेपाली ब्राण्ड नै छन् ।’

DNA-brand

शोरुमका प्रतिनिधि सुमन पोख्रेलले नेपाली युवाहरु मिलेर डिएनए सुरुवात गरेको र आगामी दिनमा बिदेशी बजारसम्म पुर्याउने लक्ष्य राखेको बताए । उनले अहिले डिएनएमा पुरुषहरुका पोशाक उपलब्ध रहेको जानकारी गराए । पोख्रेलले भनेका छन्, ‘विश्वमा छरिएर रहेका नेपालीमाझ यस ब्राण्डलाई विस्तार गर्दै लैजाने हाम्रो उद्देश्य छ । अहिले मुख्य शहरहरु पोखरा, चितवन, इटहरी, धरान, बिराटनगर, विर्तामोड, बुटवल, नेपालगंज लगायतका शहरहरुमा हामी बिस्तार भइसकेका छौं ।’