चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘झिल्को: द स्पार्क’ को फस्ट लुक सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक यादवकुमार भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए । निर्देशक भट्टराईले यसअघि सफल चलचित्र ‘झोला’ निर्देशन गरेर दर्शकको मन जितिसकेका छन् ।

सार्वजनिक पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ । पोस्टर डिजाइन आइडियलले गरेको हो ।

भट्टराईले ‘झोला’ पछि सन् २०१९ दाइजो विरोधी चलचित्र ‘भोर’ सार्वजनिक गरेका थिए। ‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।

जनता प्रशारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको चलचित्रको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गरेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ ।

दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामा रहेका छन्। फिल्मको नेपाल वितरक डीएसएन र अमेरिका तथा क्यानडा वितरणको जिम्मा इपिक इन्टरटेन्मेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।