स्वस्तिमा खड्काको नजरमा ‘बेहुली फ्रम मेघौली’ कस्तो चलचित्र हो ?

...

काठमाडौँ । यहि असोज १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र बेहुली फ्रम मेघोलीको मुख्य पात्र हुन् स्वस्तिमा खड्का । उनको नजरमा यो चलचित्र कस्तो हो त ? स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान चलचित्र हो । यसको अर्थ परम्परागत रुपमा बुझिने रोधानधोनायूक्त नारीप्रधान चलचित्र भने होइन। घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधानविषय रोनाधोनायूक्त मात्र हुँदैन भन्ने विषयमा यो चलचित्र केन्द्रित छ । चलचित्र प्रस्ताव गरिदां स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई पनि माथि भनिएजस्तै रोनाधोनायूक्त चलचित्र होला भन्ने ठानेकी थिइन ।

उनको हातमा स्क्रिप्ट दिदां चलचित्रका निर्देशक तथा लेखकदोय साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’को (यद्यपी त्यतिबेलासम्म यो नाम तय भइसकेको थिएन) स्क्रिप्ट दिदां नारी पात्र केन्द्रित एउटा नारीप्रधान सिनेमा भएको बताएका थिए । त्यसैले उनलाई त्यस्तो लागेको थियो ।

जब उनले स्क्रिप्ट पढिन् चलचित्रको स्क्रिप्ट नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको चलचित्र थियो । स्क्रिप्टमा चलचित्रकी मुल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नी बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छन्। अवस्था उनका लागि समस्यायूक्त तर दर्शकका लागि यो परिदृश्यमा निर्माण हुने परिस्थितिहरु मनोरञ्जक । त्यसैले स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो चलचित्र भनेर व्याख्या गरेकी हुन् ।

‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान चलचित्र भन्नुभएको थियो । नारीप्रधान सिनेमा भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने सिनेमा भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ। स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै सिनेमा होला भन्ने लागेको थियो’, स्वस्तिमाले भनेकी छन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएन। त्यही सोचेर म स्क्रिप्ट पढ्न बस्या थें। नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने सिनेमा हो ।

‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।