‘बेहुली फ्रम मेघौली’हेरेर फर्किदा दर्शकले केहि पाउनेछन्ः निश्चल बस्नेत

...

काठमाडौँ । चलचित्र ‘बेहुली फ्रम मेघौली’का कलाकार तथा निर्माता निश्चल बस्नेतले आफ्नो चलचित्र हेरेर हलबाट फर्किदा दर्शकले दिमाग रित्तो बनाएर फर्किनु नपर्ने बताएका छन् । उनले यो चलचित्रमा केही नयाँ पक्ष रहेको बताउँछन् । हलमा गएपछि फर्किँदा दर्शकले दिमागमा केही लिएर फर्किनुपर्ने आफ्नो धारणा राख्छन् ।

‘म चलचित्र हेर्न हलमा गएपछि फर्किंदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु,’ टेलिभिजन शो ‘कमेडी दरबार’मा गेष्ट जजको रुपमा सहभागी हुँदै उनले भनेका छन्, ‘चलचित्र हेरेर घर फर्किंदा दर्शक रित्तो दिमाग होइन केही लिएर फर्कियोस् भन्ने मान्यता राख्छु । यसमा पनि यस्तै केही चिज छ ।’

चलचित्रले मनोरञ्जनसँगै दिमागमा केही ट्रिग गर्नुपर्ने उनको धारणा छ । ‘बेहुली फ्रम मेघौली’ले पनि मनोरञ्जनसँगै बलियो सामाजिक म्यासेज दिने निश्चलको भनाइ छ । सामाजिक विषय हसाउँदै भन्ने यो सिनेमाको ट्रेलरसहितका कन्टेनले देखाएको छ । युवतीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई चलचित्रले व्यंग्य गरेको छ ।

comedy darbar

उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सकस, समाज र परिवारले दिने दबाब र विवाह गर्ने युवतीले भोग्नु पर्ने तनाब चलचित्रले रमाइलो तरिकाले प्रस्तुत गरेको छ । इनोसेन्ट युवतीलाई ठग्न खोज्ने युवक, मन परेको व्यक्तिले गर्ने फ्रड, विवाहका लागि चिना मिल्नै पर्ने परम्परागत शोच, चिना नमिलेपछि गर्न खोजिएको चलाखी ट्रेलरमा छ ।

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । चलचित्र यहि असोज १७ गते घटस्थापनाका दिन रिलिज हुँदैछ ।