काठमाडौँ । नयाँ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडिओ प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले ‘मेरो बा को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडिओ बनाएर पठाउनुपर्नेछ । सहभागीहरुले आफुले बनाएको भिडिओ आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।
सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडिओ बनाई purnabahadurkosarangi@gmail.
सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।
विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २र२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।
अभिनेताद्वय बिजय बराल र प्रकाश सपूतको मुख्य भूमिकार हेको यो चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।