चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । यहि असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । विराज भट्ट निर्देशित यो चलचित्रको एक्सनप्रधान ट्रेलरमा निर्देशक विराज र छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन् ।

दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्त सिल्भा र शंकर महर्जनको एक्सन कोरियोग्राफी रोचक देखिन्छ । चलचित्रमा विराज र समीरबाहेक पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियोकी अभिनेत्री सनिशा भट्टराईसहित कनिज कोइराला, मुरलीधर, दीया मास्के, सोन चन्द्रपाल, नरेन खड्का लगायतको अभिनय छ ।