आजबाट ‘बेहुली फ्रम मेघौली’ रिलिजमा

...

काठमाडौँ । आज दशैंको पहिलो दिन घटस्थापनाबाट चलचित्र ‘बेहुली फ्रम मेघौली’ रिलिजमा आएको छ । चलचित्रले देशभरबाट ३ सय ३५ शो पाएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको बुधबार साँझ झक्तपुरमा प्रिमियर गरियो । प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको थियो । प्रिमियरमा उपस्थित कलाकर्मीहरुले चलचित्रले दशैंमा दर्शकलाई मनोरन्जन दिने भन्दै प्रतिक्रिया दिएका थिए । यो चलचित्रमा साजन काफ्ले, आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।