भुवन र मनोहरको ‘दशैंको बेला’ गीत सार्वजनिक

...

काठमाडौँ । कलाकार भुवन के पोखरेलको अभिनयमा नयाँ दशैं गीत ‘दशैंको बेला’ सार्वजनिक गरिएको छ । गीतमा मनोहर भण्डारी, स म्झना गुरुङ र सिर्जन पुनको आवाज रहेको छ । गीतको लय तथा शब्द मनोहरकै रहेको छ भने एरेन्ज जय देवकोटाले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडिओमा भुवनको साथमा नेहारिका थापाको अभिनय देख्न सकिन्छ । माया प्रेमले भरिएको यस गीतमा दशैंको समयमा घर फर्किएका परदेशीको कथालाई देखाइएको छ ।