टेक बिसीको ‘मुटुमै गासेको साइनो’ले सकारात्मक प्रतिक्रिया पाउँदै

...

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियोले सार्वजनिक भएको केहिदिनमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् ।

विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडिओमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडिओ पनि त्यतिकै राम्रो बनेको छ ।

प्रकाश खडकाको छायांकन रहेको गीतको भिडिओमा मीन रावलको सम्पादन छ । गीतको भिडिओ गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।