दशैंमा सानो छँदा दक्षिणाकै ध्यान हुन्थ्योः निरुता सिंह

...

काठमाडौँ । अभिनेत्री निरुता सिंहले सम्पुर्ण नेपालीहरुमा दशैंको शुभकामना दिएकी छिन् । केहिदिन अघि आर्टिष्ट खबरसँग कुरागर्ने क्रममा अभिनेत्री सिंहले आफ्नो बालापनको दशैं स्मरण गरिन् । दशैं भन्ने बित्तिकै के कुराको याद आउछ भन्ने प्रश्नमा सिंह भन्छिन्, ‘दशैं भन्ने बित्तिकै बालापनमा दक्षिणा कति पाइन्छ होला भन्ने ध्यान हुन्थ्यो । टिका र जमरासँगै कुन कपडा लगाउने होला भन्ने हुन्थ्यो, टिकाको दि भन्दा अघि कस्तो कपडा लगाउने भन्ने सोचिन्थ्यो, अनि त्यो कपडा लगाउने दिन कहिले आउला भन्ने दिनहरु हुन्थे । ति कुराहरु निकै सम्झनामा आउँछन् ।’

साथै अभिनेत्री सिंहले नेपालमा आएको पछिल्लो बिपद्का कारण धेरैको परिवारमा दुखद् क्षण भएकाले खल्लो महसुस भएको पनि बताएकी छिन् । यतिबेला अभिनेत्री सिंह दशैं मनाउन आफ्नो घर दार्जेलिङमा छिन् ।

Video