नयाँ फिल्मको घोषणा गर्दै निर्देशक भट्टले मनाईन् जन्मदिन

...

मंसिर, काठमाडौं । निर्देशक समुन्द्र भट्टले आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । आधा पेज चलचित्रबाट डेब्यु निर्देशन गरेकी महिला निर्देशक भट्टले नयाँ चलचित्रको घोषणा सँगै आफ्नो जन्मदिन मनाएकी हुन् ।
samundra-bhatts-birth-day-1राजधानीको सामाखुसीस्थित ‘थ्रि वे रेष्टुरेन्ट’की सञ्चालीका समेत रहेकी निर्देशीका भट्टले चलचित्रको नाम नखुलाईकन घोषणा गरीन् । आकाश बुढाथोकीले निर्माण गर्ने चलचित्रमा नायिका रिस्ता बस्नेत रहने र नायकमा को हुने भन्ने बारे छनोट नभएको उनले बताइन् । चलचित्रको नाम र अन्य कलाकार भने केहि समय पछि एक कार्यक्रमका बिच बताइने उनको भनाई छ ।
samundra-bhatts-birth-day-3जन्मदिन सेलिब्रेसन कार्यक्रममा नायिका रिस्ता बस्नेत, मोडल नम्रता योगी, निर्देशक समाजका पदाधिकारीहरु तथा फोटो ग्राफर एन.बि. थापाको उपस्थिती देखिन्थ्यो । साथै कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य नारायण सापकोटाले पनि निर्देशक भट्टलाई केक काटेर खुवाएका थिए ।
samundra-bhatts-birth-day-2निर्देशक भट्टले गएको महिनाबाट मात्रै सामाजिक चोकस्थित ‘थ्रि वे रेष्टुरेष्ट’ सञ्चालन गर्दै आएकी छिन् । भट्ट चलचित्र निर्देशक समाज नेपालकी सदस्य समेत हुन् ।