चलचित्र ‘रंगी’को सुटिङ सुरु

...

काठमडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ सुटिङ सुरु गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने चलचित्रमा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।

निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।