ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ गीत सार्वजनिक

...

काठमाडौँ । नयाँ गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक गरिएको छ । गीतमा ममता नेपाली र टेक विसीको स्वर रहेको छ । गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङर, माष्टरिङ छ ।
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडिओमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडिओमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

गीतको भिडिओ साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।