मुस्ताङमा खिचिएको ‘आई लभ यु’ म्युजीक भिडियो सार्वजनिक (भिडियो)

...

मंसिर, काठमाडौं । प्रेम कथामा समावेश आई लभ यु गीतको भिडियो सार्वजनिक गरीएको छ । लण्डनमा बस्दै आएका र दर्शकले मन पराएका एक दम्पत्तिले तयार पारेको म्युजीक भिडियो राजधानीमा बिहिबार प्रेस मिट कार्यक्रमका बिच सार्वजनिक गरीएको हो ।
i-love-you-song-1काठमाडौं र मुस्ताङका रमणिय ठाउँहरुमा दश दिनसम्मको छायांकनबाट भिडियो बनाउन सफल बनेको म्युजीक भिडियोका निर्देशक रोहन नेपालीले जानकारी दिए । काठमाडौंको छायांकन सकेर बोडेमा छायांकनका लागी गएको र पुरा दुईदिन सम्मको छायांकन फुटेज काम नलाग्ने भएर पुनः मुस्ताङमा गएर छायांकन गरीएको उनले बताए । निर्देशक नेपालीले गीतले मागे अनुसारको लोकेसन दिने कोसिस गरेको बताए ।
i-love-u-song
गीतमा बिजय घिमिरेको स्वर रहेको छ भने गीतलाई ब्रिजेस श्रेष्ठले एरेन्ज गरेका हुन् । भिडियोलाई संजित श्रेष्ठले खिचेका छन् भने जोस्ना योगी, प्रमित राना र बिजय घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियो सार्वजनिक कार्यक्रममा एशियन म्युजीक कम्पनीका इश्वर गुरुङ अतिथिको रुपमा रहेका थिए ।