‘ग्ल्याम नेपाल इन्टरनेशनल’ शो हुँदै, बलिउड अभिनेत्री उर्वशी नेपाल आउने

...

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन् । तीन सिजन भब्य रुपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो ।

ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागीका लागि मोडलको आवेदन खुल्ला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले बुधबार एक बिज्ञप्ती जारी गर्दै मोडलका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

शोमा सहभागी हुन चाह मोडलले इसेवा एप मार्फत आवेदन फर्म भर्न सक्नेछन् । शोमा सहभागी मोडलहरुमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान छ ।
शोका लागि मोडल छनौट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना हुनेछ । जसबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।

नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा बिभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको हो । फेसन शोमा ब्यवसायी, कलाकार, मोडल लगायतका बिभिन्न ब्यक्तिहरुको सहभागीता रहनेछ ।
शोको उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।