काठमाडौँ । चलचित्र निर्माता तथा निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेलाई ठगीको आरोप लागेको छ । अमेरिका लैजान्छु भन्दै रकम ठगी गरेको आरोपमा घिमिरे दम्पतीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार करोड माथीको रकमको ठगी बिषयमा उजुरी परेको छ । घिमिरे दम्पतीलाई कसले उजुरी गर्यो भन्ने बारे अहिले गोप्य नै राखिएको छ । विगत लामो समयदेखि अमेरिकामै बसोबास गर्दै आएका शंकर र ऋचा यतिबेला ‘तेल भिसा’ प्रदर्शनको लागि काठमाडौंमा छन् ।