विद्यालाई देख्ने वित्तिकै इमरानको मन पग्लेपछि…. (प्रसंग अधुरी कहानीको)

...

जेठ, काठमाडौं ।  मोहित सुरीको निमार्णधिन फिल्म ‘अधुरी कहानी’मा इमरान हाशमी र बिद्या वालनलाई मुख्य भुमिकामा देख्न सकिन्छ । आशिकी –२’ जस्तो लब स्टोरीमा आधारित फिल्म बनाई सकेका मोहीत को यो फिल्मको ट्रेलरमा भने यो इमोशनल र हाँस्य बिद्या भरिएको फिल्म होकि जस्तो लाग्न पनि सक्छ ।

imran hasami and bidhha palan in movie

मोहितले बनाएको यो फिल्मको बारेमा यतिखेर टिका टिप्पणी भईरहेका छन् । मोहितले बनाउने प्राय फिल्म उत्कृष्ट हुने गर्छन् तर यसपालिको यो फिल्मले फेल खाएको होकि भन्ने पनि धेरैले गरेका छन् । इमरान हसामीले अभिनयलाई चुस्त बनाउन पछि परेका छैनन् । तर कहिँ कही दोधारमा परेको जस्तो देखिन्छ । विद्या बालनको अभिनय असाध्यै राम्रो देखिएको छ । फिल्ममा उनलाई रोएको मात्र देखिन्छ । साइको श्रीमानको रोलमा राजकुमार रावले राम्रो काम गरेका छन् । तुलनात्मक हिसाबमा सङ्गीत, छायाङ्कन, राजकुमार राव, इमरान हासमी विद्यावालनको रोल राम्रो छ भने चाहिने भन्दा बढी हाँस्य अभिनय, ढीलो गती, स्क्रीÏट आदि कमजोर देखिएको छ ।

फिल्मको कथाः
कथामा विद्यावालनको विवाह उसको इच्छा विपरीत राजकुमार रावसँग गरिदिन्छन् । विवाह पछि राजकुमार गायब हुन्छ, पुलीस उसको खोजीमा तर सफल हुँदैन । यता विद्या राजकुमार विना आफ्नो छोराको एक्लै हेरचाह गर्नमा व्यस्त छन् । एक दिन उसको भेटघाट इमरान हासमी सँग हुन्छ ।
विद्यालाई देख्ने वित्तिकै उसको मन पग्लन्छ । उसले प्रस्ताव राख्छ तर विद्याले आफु विवाहित भएकोले अस्विकार गरिदिन्छे । विद्याको लागि आÏनो मायाको कमि छैन । अब के विद्यावालन उसको मायालाई स्वीकार गर्छिन या धोका दिएर नयाँ जिन्दगीमा फिर्ता हुन्छिन् । यो जान्नको लागि फिल्म नै हेर्नु पर्नेछ ।