१२ बर्षपछि बनेको ‘दर्पण छाया २’को गीतको भिडियो यस्तो बन्यो

...

मंसिर, काठमाडौं । चलचित्र ‘दर्पण छाया २ को गीतको भिडियो सार्वजनिक गरीएको छ । निर्देर्शक तुलसी घिमिरेले दर्पण छाया चलचित्र बनेको १२ बर्ष पछि त्यसै चलचित्रको दोस्रो संस्करण बनाएका हुन् । दर्पण छाँयाले त्यो समयमा राम्रो ब्यापार गरेको थियो । त्यो बेला चलचित्रको गीत निकै हिट पनि थियो । चलचित्रलाई निर्देशक घिमिरेले नै लेखेका हुन् ।

darpan-chhaya-movieचन्दन लोम्जेलको संगीतमा तयार भएको ‘आकाशैमा खुलेको जुन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वरमा तयार भएको गीतको शब्द सवि रविले लेखेकी हुन् ।


भिडियोमा पुष्पल खड्का र साहारा कार्कीलाई फिचरिङ गरिएको छ । छेदुप लामाले भिडियोको नृत्य निर्देशन गरेका हुन् । साहारा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्रद्धा प्रसाई, फिरोज, शेर वहादुर गुरुङ, जीवन भट्टराई , सुमन घिमिरे, तुफान घले लगायतका कलाकारको पनि अभिनय छ ।

यो चलचित्र फागुण २७ गतेबाट देशभर रिलिज हुँदैछ  ।