काठमाडौँ । नेपाली गीतसंगीतमा लामो समयदेखी सक्रिए गायिका पल्मु शेर्पाले नयाँ गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक ‘धरोधर्म सत्य’ बोलको गीतमा पल्मुसँगै सिडी बिजय अधिकारीको स्वर रहेको छ । गएको शुक्रबार पल्मु शेर्पा अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतका भिडिओले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गीतमा नवराज भुमरी आचार्य र सिडी बिजय अधिकारीको शब्द रहेको छ भने संगीत पनि सिडी बिजयले नै दिएका छन् । मिक्सिङको काम भने राजकुमार बगरले गरेका हुन् । एरेन्ज भने पुष्कर खत्रीको छ । गीतको भिडिओ बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ उत्तम हुमागाईको टिमले खिचेको हो । भिडिओको सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन् ।
भिडिओमा लोकप्रिय नायिका शिल्पा पोखरेल र मोडल बिमल अधिकारीको अभिनय देख्न सकिन्छ । गीतले युवतीले आफ्ना लागी केटाहरु मरिहत्ते गर्ने भन्दै मायाका कुरा गरिरहेकी छिन् भने युवाले पनि आफ्नो पछि केटीहरु लागिरहने भन्दै प्रेम भाव देखाइरहेका छन् ।
गायिका पल्मुले यसगीतबाट ठुलो आशा बोकेको बताएकी छिन् । उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन्, यसअघिका गीत पनि दर्शक तथा स्रोताले माया गरिदिनुभएको छ, यसपटक पनि अडियो र भिडिओका ेटिममा कुनै पनि कमी हुन दिएका छैनौं त्यसैले दर्शक तथा स्रोताले माया गरिदिनुहुन्छ भन्ने ठुलो आशा बोकेकी छु । गायिका पल्मुका यसअघिका ल्होसार मेला, नाच्देऊ मैच्याङ, तिमी डम्फुको तालैमा, हिमाली छोरी लगायतका गीत लोकप्रिय छन् ।
पल्मुले एकबर्ष अघि वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटासँग सहकार्य गरेको नाचिदेऊ मैच्याङले चर्चा पाएको थियो । युट्युवमा १७ लाख भन्दा बढी पटक हेरिएको उक्त भिडिओमा पल शाह र छिरिङ शेर्पाले नृत्य गरेका थिए । गायिका पल्मु सौन्दर्य कला व्यवसायी समेत हुन् । नुमुज व्यूटी एण्ड स्किन केयरकी सञ्चालिका समेत रहेकी पल्मु समाजसेवी र व्यूटीसियनको रुपमा परिचित छिन् । उनी शेर्पा कलाकार संघ नेपालकी कोषाध्यक्ष समेत हुन् ।