काठमाडौँ । नयाँ गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक गरिएको छ । गीतमा जि पुन (जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्ज रहेको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ । गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ ।
जि पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडिओमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुनको अभिनय छ । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतले पुन समुदायको सांस्कृतिक विविधतालाई देखाएको छ ।
भिडिओमा राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन छ । भिडिओको पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो । भिडिओ जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।