रेडियो अडियोले गीत संगीतको सार्बजनिक प्रयोग बापतको १ लाख रोयल्टी दियो

...

मंसिर, काठमाडौं । ‘एककान दुईकान मैदान यसमै छ मज्जा’ भन्दै आजभन्दा दश बर्ष अघि देखी राजधानीको नयाँ बानेश्वरबाट प्रसारणमा आएको हाँस्यब्यंग्य रेडियो अडियोले आफ्नो १० औं बार्षिकोत्सव मनाएको छ । नेपालका बिभिन्न सेलिब्रेटिहरुले समेत कार्यक्रम सञ्चालन गर्दै आउने रेडियो अडियोले मंगलबार बार्षिकोत्सव मनाएको हो ।
radio-audio-family-and-hemant-sharmaपुर्णतः हाँस्यब्यंग्यलाई जोड दिने रेडियो अडियोमा हाँस्य कलाकार जितु नेपाल, दिपाश्री निरौला, राजा राजेन्द्र पोख्रेल लगायतका चर्चित कलाकारहरुले हाँस्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जुन कार्यक्रम देशभरीका बिभिन्न रेडियोस्टेशनबाट प्रसारण हुने गर्दछन् ।

raja-rajendra-pokhrel-in-radio-audioसाथै रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग बापतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको छ । आर्थिक बर्ष ०७२ ०७३ को बार्षिक कारोबारको एक प्रतिशतले हुन आउने १ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिए ।

radio-audio-familyश्रष्टा “मह“ जोडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपाल ,प्रस्तोता समाज नेपाल र उत्पादक समाज नेपालका पदाधिकारीको उपस्थितिमा प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माले रोयल्टीको चेक ग्रहण गरेका थिए । श्रष्टा, प्रस्तोता, उत्पादकका मौलिक अधिकारको कदर गर्दै गरेको ऐतिहासिक शुरूवातका निम्ति प्रस्तोता समाज नेपाल हार्दिक आभार व्यक्त गर्दछ, शर्माले रोयल्टी रकम बुझदै भने ।