‘अहिले त धादिंङ मलेखु तिर गोलभेडा बोकेर पुलतिर हिड्दै छाडेछन्’ (जितु नेपालको कमेडी)

...

मंसिर, काठमाडौं । हाँस्य ब्यग्य कलाकार जितु नेपालले पछिल्लो समय चर्चामा रहेकी गोरखाकी कुसुम श्रेष्ठ तरकारीवालीको प्रसंगमा ब्यंग्य गरेका छन् । गएको मंगलबार रेडियो अडियोको १० औं बार्षिकोत्सवको अवसरमा बोल्दै जितुले बढी तरकारी खेती गरीने धादिंङ तथा मलेखु तिर यतिखेर तरकारी बेच्न हिड्दा महिलाहरु सर्तक हुँदा रहेछन् भन्दै रमाइलो ब्यग्य गरेका छन् ।

jitu-nepal-kiran-kc-hari-bansa-and-deepa-shreeकलाकारहरु अनेक गर्दा हिट भएका हुँदैनन् एकजना बहिनी गोलभेडा बेच्न जाँदा ह्वात्तै हिट भइछिन्, यतिखेर त धादिंङ तथा मलेखु तिर गोलभेडा बेच्न पुलतिर हिड्दै छोडेछन्, हिड्यो भने कसैले फोटो पो खिच्दिहाल्ने हुन् कि भन्दा रहेछन्, जितुले भने ।


कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, राजा राजेन्द्र पोख्रेल, हेमन्त शर्मा, दिनेश काफ्ले लगायतका कलाकारहरुको उपस्थिती थियो ।