पुस १५ मा आउने ‘समर्पण’को ट्रेलर सार्वजनिक

...

मंसिर, काठमाडौं । चलचित्र ‘सर्मपण’को ट्रेलर सार्वजनिक गरीएको छ । यहि आउँदो पुस १५ मा रिलिज हुने समर्पणको २ मिनेट लामो ट्रेलरमा मायाप्रेमको कथालाई समेटिएको देख्न सकिन्छ । नयाँ अनुहार देखिने यस चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

nepali-movieफायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा रोजन खनालको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई इमरान सिद्दिकीले निर्माण गरेका हुन् । यो चलचित्रमा कैलास तामाङ, रञ्जु शर्मा, रुविना शर्मा, अनु पराजुली, आशा भुषाल, रोजन रखाल, विश्व लामा,प्रयास लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा दिव्य सुवेदी, दिनेश वान्तवा, जयकुमार दलामी मगरको छायांकन, विश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा ‘किम्भे’को सम्पादन तथा कुमार महर्जनको एक्सन, टंक वुढाथोकीको संगीत छ ।